९ श्रावण २०८३, शनिबार | July 26, 2026

पाकिस्तानी संसद विघटन गरी अन्तिरिम सरकार गठनको तयारी



इस्लामाबाद । पाकिस्तानको संसद बुधबार विघटन हुने भएको छ । संसदको विघटनले देशको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरान खानलाई समावेश नगर्ने निर्वाचनको पर्यवेक्षण गर्न कर्मचारीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको छ ।

गत वर्षको अप्रिलमा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारलाई सत्ताबाट हटाइएपछि देश राजनीतिक उथलपुथलमा परेको छ । उनको पार्टीमाथि एक महिना लामो दमनपछि सप्ताहन्तमा उनी भ्रष्टाचारको अभियोगमा जेलमा छन ।

संसद् विघटन भएको ९० दिनभित्र निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि निवर्तमान सरकारले भने ढिला हुन सक्ने सङ्केत दिइसकेको छ ।

खानको सत्ताच्युत गर्न एकजुट भएका देशका पूराना पार्टीहरूबीचको असम्भाव्य गठबन्धनले विश्वको पाँचौं ठूलो जनसंख्या भएको देशको नेतृत्व सम्हालेको १८ महिनाको अवधिमा खासै जनसमर्थन प्राप्त गर्न सकेको छैन ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को नयाँ राहत, विदेशी ऋण, बढ्दो मुद्रास्फीति र कच्चा पदार्थ किन्नका लागि विदेशी मुद्राको अभावका कारण कारखानाहरूमा व्यापक बेरोजगारी हुँदा अर्थतन्त्र थप अस्तव्यस्त बनेको छ ।

‘पाकिस्तान इन्स्टिच्युट अफ लेजिस्लेटिभ डेभलपमेन्ट एन्ड ट्रान्सपरेन्सी थिंक ट्यांक’का अध्यक्ष अहमद बिलाल महबूबले नयाँ आर्थिक राजनीतिक परिवेशबारे भने, “आर्थिक निर्णयहरू सधैं कठिन र प्रायः अलोकप्रिय हुन्छन्, त्यसैले तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न लामो कार्यकाल भएको सरकार चाहिन्छ ।”

“यो निर्वाचनको महत्व छ किनकि यसले नयाँ सरकारको लागि पाँच वर्षको कार्यकालको निर्णय दिनेछ । निर्वाचनबाट आउने शक्तिलाई आदर्श रूपमा आर्थिक पुनरुत्थानको लागि महत्वपूर्ण निर्णयहरू गर्न अधिकार दिइनु पर्दछ ।”

सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको मुलुकलाई स्थायित्व दिन र निर्वाचनमा जान ढिलाइ हुन सक्ने अनुमान पाकिस्तानी राजनीतिकबारे जानकार विश्लेषकहरूले गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : ११ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको