६ पुस २०८२, आइतबार | December 21, 2025

पाकिस्तानको तल्लो संसद रातारात विघटन



इस्लामबाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रिय सभा भंग गरेका छन् । यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । यो निर्णय गए राति भएको हो ।

पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो ।  प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय सभा भंग गर्न सिफारिस गरेका थिए ।

पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल एन) नेतृत्वको गठबन्धन सरकार अझै दुई दिनसम्म सत्तामा रहन सक्थे र अगस्ट ११ मा संसद विघटन गर्न चाहन्थे, तर जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरानको पार्टीका पूर्व नेता राष्ट्रपति अल्वीले तल्लो सदन विघटन गर्न तत्काल अधिसूचना जारी गर्न अस्वीकार गर्ने सम्भावना रहे पछि दुई दिन अघि नै बिघटनको सिफारिस गरेका हुन् ।

जियो न्यूजको रिपोर्टका अनुसार प्रधानमन्त्री शेहबाजले बुधबार ढिलो राष्ट्रपति अल्वीलाई राष्ट्रिय सभा विघटन गर्न पत्र पठाएका थिए, जसले औपचारिक रूपमा कार्यवाहक प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्नेछ । संसदको तल्लो सदनको कार्यकाल सकिन तीन दिनअघि प्रधानमन्त्री शेहबाजले राष्ट्रपति अल्वीलाई यसलाई विघटन गर्न सल्लाह पठाएका हुन् । राष्ट्रपति अल्वीले तत्कालै राष्ट्रिय सभा भंग गर्न वा ४८ घन्टा ढिलाइ गर्न सूचना जारी गर्न सक्छन् ।

नेशनल एसेम्बलीको समयपूर्व विघटन भएमा पाकिस्तानको निर्वाचन आयोगले ९० दिनभित्र निर्वाचन गराउनेछ। राष्ट्रियसभाको संवैधानिक कार्यकाल पूरा भएको भए ६० दिनभित्र निर्वाचन हुने थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ७ : ५१ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)