२४ भदौ २०८३, बुधबार | September 10, 2026

दैलेखबाट ललाइफकाइ नेपालगन्ज लगेर नाबालिका बलात्कार गर्ने एक पक्राउ



नेपालगन्ज । दैलेखबाट ललाइफकाइ नेपालगन्ज लगेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नाबालिका बलात्कारको आरोपमा पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका ६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावल रहेका छन् ।

पीडितको उजुरीको आधारमा उनलाई मंगलवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाबालिका गत बिहिबार रावलसँगै दैलेखबाट नेपालगन्ज घुम्न भन्दै आएकी र रावलले छाडेर सम्पर्क बिहिन भएपछि नाबालिकाका परिवारले जबर्जस्ती करणी अभियोगमा उजुरी दिएका थिए ।

किशोरीका आफन्तले किशोरीलाई गत बिहीवार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके पुर्‍याएको र नेपालगञ्ज उपमहानगरपालिका १ पुष्पलाल चोकस्थित एक होटलमा लगेर बलात्कार गरेको किटानी उजुरी परेपछि रावललाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

पक्राउ परेका रावल माथि नाबालिका बलात्कार अभियोगमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १० : ०५ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको