७ पुस २०८२, सोमबार | December 22, 2025

विद्युत प्राधिकरणको नाफा घट्यो, सर्वसाधारणका लागि आईपीओ निकाल्दै प्राधिकरण



काठमाडौं । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ । बिहीबार प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९/८० को नाफा १२ अर्ब ३३ करोड पुगेको जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको थियो। कार्यकारी निर्देशक घिसिङले गत वर्ष लामो समय भएको सुख्खायामका कारण विद्युत उत्पादनमा गिरावट आउँदा प्राधिकरणको नाफा घटेको दाबी गरे ।

उनले सर्वसाधारणाका लागि आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको जानकारी पनि दिए । उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागिएको हो ।

प्राधिकरणको तेस्रो वित्तिय पुनरसंरचना तयार गरी प्राधिकरणको सेयर सर्वधारणमा जारी गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए । त्यसका लागि प्राधिकरणको क्रेडिट रेटिङ इक्रा नेपालबाट गराउँदा डबल ए प्लस प्राप्त गरेको उनले जनाएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ५ : २७ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले