५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

५० हजारको ज्यान गएको टर्कीमा फेरी भुकम्पको धक्का, केही भवनहरु भत्किए



इस्तानबुल । टर्कीमा फेरी भुकम्प गएको छ । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको जनाईएको छ । सञ्चारमाध्यमका अनुसार अदियामानमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले एक सामाजिक सञ्जाल पोस्ट गर्दै मालत्या र अदियामानमा भवनहरू भत्किँदा मानिसहरू घाइते भएको बताएका छन् । भूकम्पबाट बच्न मानिसहरु भवनबाट हाम फालेका छन् भने केही घाइते भएका छन् ।

सोही क्रममा स्थानिय टिभीमा प्रशारण गरिएको भिडियोमा भूकम्पले भवनहरु भत्काईएको दृश्य देखाईएको छ । गत फेब्रुअरीमा गएको विनाशकारी महाभूकम्पबाट दुवै स्थानहरु प्रभावित भएका थिए, जसमा ५० हजारभन्दा बढीको ज्यान गएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ४० बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन