२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

भैरहवाबाट काठमाडौ पुगेको बसबाट ३५ लाख बढी नक्कली नोट बरामद



काठमाडौं । भैरहवाबाट काठमाडौ पुगेको एउटा यात्रुबाहक बसबाट प्रहरीले ठुलो परिमाणामा नक्कली नोट बरामद गरेको छ । काठमाडौंको नागढुंगामा चेकजाँचका क्रममा प्रहरीले लु १ प ५ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक बसबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको हो ।

भैरहवाबाट जादै गरेको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको छ ।

घटनाको अनुसन्धानमा थप ९ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर बताउने ४० वर्षीय अर्जुन सुबेली, सिन्धुपाल्चोक कोठे घर बताउने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका–६ घर बताउने २३ वर्षीय शिव भण्डारी, मिलन भण्डारी र २४ वर्षीय कृष्ण भण्डारी, झापाको कमल गाउँपाकिाल ३ घर बताउने २९ वर्षीय युवराज राई, आछामको मल्लेख गाउँपालिका–२ घर बताउने अर्जुन बुढा, गुल्मीको वाडागाउँ गाउँपालिका–२ घर बताउने सागर आचार्य र नवलपरासप्को सरावल गाउँपालिका–१ घर बताउने पार्वती नेपाली रहेको प्रहरीले जनाएको छ।

गाडीका चालक र सह–चालकलाई सो कार्टुनमा  ‘अचार छ’ भनी लुम्बिनी बसपार्कबाट पठाइएको प्रहरीले बताएको छ। त्यसपछि प्रहरी वृत्त थानकोट र नागढुंगाबाट खटिएको प्रहरी टोलीले चालक र सह–चालकलाई समेत लगी थप अनुसन्धान गरेको थियो।

अनुसन्धानको क्रममा गोंगबु बसपार्क र चाँगुनारायणबाट अन्य १ हजार ७ सय २ थान एक हजारका नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

यस अघि बिहिबार मात्र प्रहरीले भक्तपुरबाट पनि १५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको घटानाको प्रहरीले एकसाथ सार्बजनिक गरेको हो । भक्तपुरमा पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि प्रहरीले बरामद भएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ३ : १५ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात