९ चैत्र २०८२, सोमबार | March 24, 2026

‘भैरहवाको बालसुधार गृह सुधार केन्द्र की काल कोठरी ?’



बुटवल । लुम्बिनी प्रदेशको भैरहवामा रहेको बालसुधार गृह मापदण्ड अनुसार सञ्चालन नभएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले  बालसुधार गृहमा बालकहरु आधारभुत बालअधिकार उपभोगको अवस्था नाजुक रहेको पाईएको बताएका छन् ।

५० जना क्षमता भएको बाल सुधार गृहमा हाल लुम्बिनी र गण्डकी प्रदेशका ११ जिल्लाका ७६ जना बालकहरु बस्दै आएको उल्लेख गर्दै उनीहरुले क्षमता भन्दा बढी बालकहरु गृहमा बस्नु पर्दा बालकहरुको बसाई निकै कष्ठकर रहेको पनि टिप्पणी गरेका छन् ।

सार्वजनिक सरोकार कानुन व्यवशायी समुह नेपालगंजबाट आएको टोलीले सुधारगृहको अवलोकन पछि बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै सार्वजनिक सरोकार कानुन व्यवशायी समुहका सचिव एवं एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले बालकहरु शिक्षा, स्वास्थ्य लगायतका आधारभूत बालअधिकाको संरक्षण हुन नसकेको बताए । क्षमता भन्दा बढी बस्नु पर्दा सीमित संख्यामा शौचालय रहेको र गृहका बालकहरुले शौचालय गर्न पालो पर्खनु पर्ने अवस्था रहेको उनले बताए ।

समुहका संयोजक बरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, सहसंयोजक अधिवक्ता लोक बहादुर शाह, समुहका सचिव एवं एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, सदस्य अधिवक्ता विकाश आचार्य, अनौपचारिक क्षेत्र सेवा केन्द्रका लुम्बिनी प्रदेश संयोजक भोला महत र एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता इन्दिरा आचार्य लगायतको टोलीले सुधारगृहको स्थलगत अनुगमन गरेको थियो ।

समुहका सचिव गौतमले बालसुधार गृह संचालन मापदण्ड अनुसार संचालन हुन नसकेको र ७ जनाको दरबन्दी रहेको बालसुधार गृहमा २ जना कर्मचारीको भरमा संचालन भएको पाईएको पनि बताए ।

सार्वजनिक सरोकार कानुन व्यवशायी समुह नेपालगंजका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले बाल सुधार गृह काल कठोरी जस्तो भएको र यदि सरकारले चलाउन नसके बन्द गर्नु राम्रो भएको सुझाव दिए । सुधार गृहमा विद्यालय, शिक्षक र अध्यापनको व्यवस्था भएको समेत नपाईएको उनले बताए। उनले जसका कारण बालकहरु पढ्न पाउने अधिकारबाट बन्चित भएकोले बताए । बालकहरुका लागि शिपमुलक तालिमको कुनै व्यवस्था नभएको, सुधार गृहमा पुस्तकालयको राम्रो व्यवस्थापन नभएको भन्दै यसको सुधारका लागि रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे मार्फत जानकारी गराईएको बताए ।

बाल सुधार गृहमा ११ देखि २२ बर्ष उमेर समुहका किशोरहरु रहेका छन् । २२ वर्षका बालकहरुको मुद्दा चलेकै कारण त्यहा राखिएकाले उमेर पुगेकाहरुलाई अनेत्र स्थान्तरण गर्नु पर्ने संयोजक श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ३ : १९ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११