५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा



काठमाडौँ । एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो ।

दुवै जनाको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उनले भने, “अध्यागमन विभागले नाम जुधेर शङ्का लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो, सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता नदेखिए पछि रिहा भएका छन् ।”

शुक्रबार बिहान चीन जान लागेको समयमा राजस्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमन विभागले जियाइलियन र फुयानलाई विमानस्थलबाट नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ५ : ०४ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन