७ आश्विन २०८३, बुधबार | September 23, 2026

अनवर उल हक पाकिस्तानका नयाँ प्रधानमन्त्री,आजै सपथ लिने तयारी



इस्लामबाद । पाकिस्तानमा शाहबाज सरिफ सरकारले राजीनामा दिएपछि शनिबार त्यहाँ कामचलाउ सरकार गठन भएको छ ।

अनवर उल हक कक्कडको नाममा सरकार र विपक्षी दलबीच सहमति भएपछि उनको नाम घोषणा गरिएको हो । अनवर उल हक बलुचिस्तानका बासिन्दा हुन्।

यसअघि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले हालै राजीनामा दिएका प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजलाई शनिबारसम्म कार्यवाहक प्रधानमन्त्रीको नियुक्तिबारे निर्णय गर्न निर्देशन दिएका थिए। इस्लामावादमा दुवै नेता अनवरको नाममा सहमत भएका थिए ।

बलुचिस्तानका अनवर उल हक कक्कडले आज नै कार्यवाहक प्रधानमन्त्रीको सपथ लिने सम्भावना छ । अनवर  बलुचिस्तान नेसनल पार्टीका सिनेटर हुन्।

अगस्ट ९ मा पाकिस्तानको नेशनल एसेम्बली विघटन भएपछि कार्यवाहक प्रधानमन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री शाहबाज शरीफ र राजा रियाजबीच पटक–पटक बैठकहरू भएका थिए । सरिफले हिजो राजधानी इस्लामावादमा आफू र राजा रियाजले अगस्ट १२ (शनिबार) सम्ममा यो पदमा आपसी सहमति हुने बताएका थिए ।

यसै क्रममा शरीफले यो पनि भनेका थिए, ‘कार्यवाहक प्रधानमन्त्री छान्ने विषयमा अन्तिम निर्णय गर्नु अघि गठबन्धनका साझेदारहरूलाई पनि विश्वासमा लिइनेछ ।’

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ६ : ३२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई