९ श्रावण २०८३, शनिबार | July 26, 2026

साउदीले पहिलोपटक प्यालेस्टाइनमा पठायो राजदुत



रियाद । साउदी अरबले प्यालेस्टाइनका लागि पहिलो पटक गैरआवासीय राजदूत नियुक्त गरेको छ । मिडिया रिपोर्टका अनुसार साउदी अरेबियाका लागि नयाँ राजदूतले जेरुसेलमका लागि कन्सुल जनरलको रूपमा पनि काम गर्नेछन् ।

साउदी अरबको विदेश मन्त्रालयले जोर्डनका लागि बर्तमान राजदूत नाइफ अल सुदैरीलाई प्यालेस्टाइनका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको हो । जुन जानकारी सामाजिक सञ्जाल पोस्टवाट दिइएको थियो ।

नाइफ अल सुदैरीले त्यसपछि जोर्डनको राजधानी अम्मानमा प्यालेस्टिनी दूतावासमा प्यालेस्टिनी राष्ट्रपतिका कूटनीतिक मामिला सल्लाहकार माजदी अल खालिदीलाई भेटे र आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरे ।

साउदी अरबको विदेश मन्त्रालयले ट्वीट गर्दै सो जानकारी दिएको हो । ‘जोर्डनका दुई पवित्र मस्जिदका संरक्षक राजदूत नायफ अल सुदैरीले डा. माजदी अल खालिदीलाई प्यालेस्टाइनको असाधारण र गैर निवासी राजदूतको रूपमा आफ्नो नियुक्तिको प्रतिलिपि अम्मानमा प्यालेस्टिनी दूतावास र जेरुसेलममा कन्सुल जनरललाई हस्तान्तरण गरे,’ टविटमा भनिएको छ ।

मिडिया रिपोर्टका अनुसार नायफ अल सुदैरीले आफ्नो राजदूत नियुक्तिको स्वागत गर्दै यसलाई महत्त्वपूर्ण कदम भनेका छन् । उनले साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमानको प्यालेस्टाइनसँगको सम्बन्धलाई मजबुत बनाउन र यसलाई सबै क्षेत्रमा औपचारिक रूपमा प्रवर्द्धन गर्ने इच्छाको प्रशंसा गरे । माजदी अल खालिदीले भने कि यो कदमले दुई देशका जनतालाई जोड्ने बलियो र भाइचारा सम्बन्धलाई बलियो बनाउन योगदान गर्नेछ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : १९ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको