९ बैशाख २०८३, बुधबार | April 22, 2026

पोल्याण्डमा भेटियो विश्वयुद्द ताकाको २५० केजीको बम



लुब्लिन । पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ ।

यस पछि सो सहरका करिब १४,००० मानिसहरूलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो । मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो । साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी र ग्याँस बन्द गर्न लगाइएको थियो ।

निर्माण स्थलमा भेटिएको यो बमको तौल २५० केजी रहेको छ । लगत्तै बम डिस्पोजल टोलीले बम निकालेर निष्क्रिय पारेको थियो । खतराको चेतावनी सकिए पछि मानिसहरूलाई घर फर्कन अनुमति दिइयो ।

पोल्याण्डमा यसअघि पनि दोस्रो विश्वयुद्धका बम धेरै पटक भेटिएका छन् । केही दिन अघि जर्मनीको डसेलडर्फ सहरमा ५०० किलोको बम बरामद भएको थियो । बम फेला परेपछि १३ हजार मानिसलाई अस्थायी रूपमा विद्यालयमा सारिएको थियो ।

गत महिना पनि विद्यालयको जीर्णोद्धारका क्रममा केही तोपका गोला फेला परेका थिए । गत वर्ष पोल्याण्डको राजधानी वार्सामा ५०० किलोको बम फेला परेपछि ३० हजार मानिसले अस्थायी रूपमा आफ्नो घर छाड्नुपरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ५१ बजे

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न