४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्छ : केपी ओली



काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका हुन् ।

साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए ।

ओलीले सत्तारुढ दलले संसदीय छानबिन समिति बनाएर यस विषयलाई टुंग्याउने योजना बनाए पनि आफुहरुलाई स्वीकार्य नभएको बताए । संसदीय छानबिन कस्तो हुन्छ पोहोरै देखिएको उनले बताए । ‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ । अनि यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन ।’

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको