२ श्रावण २०८३, शनिबार | July 18, 2026

रोटरी क्लब अफ रुपन्देहीद्धारा तिलोत्तमामा वृक्षारोपण



बुटवल । रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा-८, करहिया सामुदायिक वनमा वृक्षारोपण सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको क्लबले शनिबार करहिया सामुदायिक वन क्षेत्रमा रहेको रोटरी पार्कमा २ सय बढी अमला जातको विरुवा लगाएको हो ।

स्थापनाकालदेखि नै विभिन्न सामाजि क्रियाकलापमा सक्रिय हुँदै आएको क्लबले वातावरणको संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपणको कार्यक्रम गरिएको अध्यक्ष हरि लम्सालले जानकारी दिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका संयोजक तथा डिस्ट्रिक कन्फ्रेन्स सह संयोजक ध्रुब धितालले क्लबलाई सम्पूर्ण सदस्यहरुलाई सामाजिक कार्यमा एक भएर लाग्न आग्रह गरे । भोलिका पुस्ताहरुका लागि वन तथा वातावरण संरक्षण गर्न आवश्यक रहेको बताउँदै उनले वृक्षारोपणसँगै यसको संरक्षण गरी हुर्काउने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे ।

रोट्रयाक क्लब अफ रुपन्देही, इन्ट्रयाक क्लब अफ न्यू इन्भायरमेन्ट, करिया सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरुको समेत सहभागिता रहेको कार्यक्रममा सदस्यहरुको सार्थक सहभागिताप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  २ : ४६ बजे

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ

२३ जिल्लामा आज र भोली बाढी-पहिरोको उच्च जोखिम, दुई दिन सतर्क रहन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी