९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

उड्नैलागेको विमानमा चरा ठोक्किएपछि…



ढाका । बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरेर ब्याङ्कक पठाइएको थियो ।

दोस्रो घटनामा, रिपोर्ट अनुसार, त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोक्किएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेण्ड बाँकी हुँदा अकष्मात रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि पग्लिएका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उक्त अखबारले खबर छापेको छ ।

यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ३ : २० बजे

केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर भएको

पर्वतीय समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब अवस्थामा छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास

सार्कको महत्वमाथि इस्लामावादमा छलफल, द्विपक्षीय तनाव कम गर्न सहभागीहरुको जोड

इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन

प्रधानमन्त्रीद्वारा जलवायु परिवर्तनबारे ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमालमा

कीर्तिमानी कामीरिताले तोडे आफ्नै कीर्तिमान, ३०औँ पटक सगरमाथाको शिखरमा

काठमाडौं । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी