७ आश्विन २०८३, बुधबार | September 23, 2026

४० दिन पछि अमेजनको जंगलमा जिबितै भेटिएका बालबालिकाको बाबु यौन शाेषणकाे आरोपमा पक्राउ



बोगटा । ल्याटिन अमेरिकी देश कोलम्बियामा गत मे १ मा भएको विमान दुर्घटनाको ४० दिन पछि  चार जना बालबालिका जीवितै भेटिए पछि उनीहरुको समाचार विश्वव्यापी बनेको थियो ।

तर, अहिले यी दुई बालबालिकाका बाबुमाथि भने घरेलु यौन शाेषणाको आरोप लागेको खबर सार्बजनिक भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार आफनै सौतेली छोरी माथी यौन दुब्र्यब्याहार गरेको आरोपमा उनलाई हाल पक्राउ गरिएको छ । उनी माथी कोलम्बिया प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अभियुक्त म्यानुएल रानोकेले आफनो सौतेली छोरी माथी निरन्तर रुपमा यौन दुब्र्यब्याबहार गरेको घटना सार्वजनिक भए पछि विश्व स्तब्ध भएको छ ।

केही महिना अघि भएको अमेजनको जंगलमा भएको बिमान दुर्घटनामा परी रोआनोकेले आफनो श्रीमती गुमाएका थिए, सो विमान दुर्घटनामा परे पनि ४० दिन पछि चारजना बालबालिका जिबितै फेला परे पछि विश्वभरीको मिडियामा कयौं दिनसम्म ‘हेडलाइन’ बनेको थियो ।

रोयटर्सका अनुसार म्यानुएल रोआनोकलाई आफ्नी १३ वर्षीया सौतेनी छोरीले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई गत शुक्रबार पक्राउ गरिएको हो । उनी १० वर्षकी हुँदा देखी नै उनले आफनो सौतेनी छोरीलाई दुर्व्यवहार गर्दै आएको थिए । यद्यपि रोयटर्सले रोआनोके वा उनका वकिलसँग धेरै पटक कुरा गर्ने प्रयास गरे तर उनीहरूसँग कुरा हुन नसकेको जनाएको छ ।

विमान दुर्घटनामा उद्धार पछि चार बालबालिका एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा भर्ना भएका थिए । यस समयदेखि उनी कोलम्बियाको परिवार कल्याण संस्थानको हेरचाहमा छन् । स्मरणरहोस, उनका छोराछोरी चढेको विमान कोलम्बियाको काक्वेटा प्रान्तको घना जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । जसमा पाइलटसहित तीन वयस्क यात्रुको मृत्यु भएको थियो । तर, चार निर्दोष बालबालिका जिउँदै फेला परेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ५९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज