२२ माघ २०८२, बिहिबार | February 5, 2026

सुन तस्करी प्रकरण : एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्न खोजियो- राहुल महरा



काठमाडौं । पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराले सुन तस्करी प्रकरणमा एकोहोरो आफूहरुमाथि आरोप लगाएर चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उनको छोरा राहुलको संलग्नताबारे समाचार प्रकाशित भएको विषयलाई लिएरसमेत उनले सञ्चारमाध्यमहरूले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन् । उनले आफूहरुको राजनीतिक जीवन सिध्याउने प्रयास भएको आरोप लगाए ।

सुन तस्करी र आफूहरुको संलग्नताबारे गरिएको शंकाका विषयमा सोमबार सामाजिक सञ्जालमा उनले लेखेका छन् :

हाम्रो विषयमा  केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं । पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौं ।

सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु  हो । संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ ।
हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा,  केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र  समाचार लेखी भ्रमित पार्नु गलत हो ।

राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका  छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ । 

२०८०।०४।२९

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  २ : २३ बजे

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका