११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

भारतको स्वतन्त्रता दिवसमा सुरक्षा कडा, १० हजार सुरक्षाकर्मी परिचालन



नयाँदिल्ली । भारतमा मंगलबार अर्थात अगस्ट १५ मा ७७ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । जसका कारण राजधानी दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ । राष्ट्रिय राजधानी सुरक्षित रहन र मानिसहरूलाई कुनै असुविधा बिना आवतजावत गर्न सुनिश्चित गर्न अगस्ट १५ को स्वतन्त्रता दिवसमा १० हजार भन्दा बढी पुलिसकर्मीहरू शहरभर खटाइएको छ ।

प्रहरी जनसम्पर्क अधिकारी सुमन नलवाले दिल्ली पुलिसले स्वतन्त्रता दिवस समारोहको सुरक्षाको जिम्मा पाएकोमा गर्व गरेको बताए। सहरभर सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार स्वतन्त्रता दिवसको लागि शहरभर तैनाथ १० हजार प्रहरी अफिसरहरू मध्ये मुख्य स्थल लाल किल्लाको कार्यक्रमको लागि प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुदैँछन् ।

यसरी सुरक्षाका लागि खटिएका टोलीहरूमा एन्टी सबोटेज इन्भेस्टिगेशन एक्सेस कन्ट्रोल र एन्टी टेररिस्ट स्क्वाडहरू समावेश छन्, अधिकारीले भने । यस बाहेक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित अनुहार पहिचान प्रणाली पनि आतंकवादी तत्वहरूमा नजर राख्नको लागि अवस्थित छ ।

हिजो आइतबार मध्यरात देखि ठूला सवारी साधनलाई राजधानी प्रवेश गर्न रोक लगाईएको छ । सिमानाको निगरानी र गुप्तचर संकलनका लागि जवान तैनाथ गरिएको छ । आवश्यक स्थानमा ट्राफिक बन्देज लगाइएको छ र नागरिकलाई अपडेट गर्न नियमित रूपमा ट्राफिक सल्लाहहरू जारी गरिएको छ ।

डिसीपी सागरसिंह कलसीले विगत दुई महिनादेखि होटल गेस्ट हाउस, पेइङ गेस्ट हाउस र लजमा अभियान खानतलासी चलिरहेकोसमेत जनाएका छन । शङ्कास्पद वस्तु र व्यक्तिको जाँच गर्न शहरका प्रत्येक चोकमा दैनिक १ सय भन्दा बढी सवारी साधनहरू जाँच गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ०० बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने