११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन



टीकापुर । कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला रु सहजै अनुमान गर्न सकिन्छ ।

कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए ।

“राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन”, उनले भने, “१६ दिन वित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।”

बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृवृद्धालाई भएको छ । “मेरा साना दुई बच्चा छन् । रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्”, स्थानीय समिरा चौधरीले भनिन, “गर्मीले घरमा बस्न सक्ने अवस्था छैन । साह्रै दुःख भयो ।”

जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दैआएका थिए । स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ । लामो समयसम्म गाउँमा विद्युत् नहुँदा आफूहरु उज्यालाका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताइन ।

लामो समयदेखि विद्युत् नभएपछि स्थानीयका घरमा रहेका मेशिनरी सामानसमेत बिग्रन थालेका छन् । ट्रान्समिटर पड्किँदा रु तीन लाख ५० हजार मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए ।

“हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन”, उनले भने, “गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ ।”

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ९ : ३५ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

विचार- बौद्ध सजगता : तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र