१८ पुस २०८२, शुक्रबार | January 2, 2026

चितवनमा आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते, सात गम्भीर



चितवन । भरतपुर महानगरपालिका–९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो । सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा।प्र।०३–००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएको थियो ।

ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमानै छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  २ : ३७ बजे

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ । स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी

नयाँ वर्षे मनाउँदै गर्दा स्विट्जरल्यान्डको एक बारमा आगलागी, ४० जनाको मृत्यु, ११५ घाइते

काठमाडौं । स्विट्जरल्यान्डको प्रसिद्ध पर्यटकीय सहर क्रान्स-मोन्टानामा नयाँ वर्षको उत्सव

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु

आजको मौसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा