४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रदेशसभा सचिव पुनले लिए दोस्रो कार्यकालको लागि शपथ



दाङ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले शपथ लिएका छन्। सभामुख तुलाराम घर्तीमगरले सचिव पुनलाई बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

उनलाई सभामुख घर्तीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सचिव पदमा नियुक्त गरेका हुन्। आइतबार प्रदेश प्रमुख शेरचनको कार्यालयमा जिम्मेवारी पाएका पुनले बुधबार शपथग्रहणपछि पुनः काम सुरु गरेका छन्। पुनले यसअघि ५ वर्ष प्रदेशसभा सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।

दोस्रो कार्यकालको लागि जिम्मेवारी पाएका पुनले पहिलो कार्यकालमा शून्यबाट सुरु गरेर अस्थायी राजधानीबाट काम गर्दा भौतिक पूर्वाधार, संघीयता कार्यान्यवन र कानुन निर्माणमा संसद् सचिवालयमा काम गरेको बताए। दोस्रो कार्यकाल सुरु गर्दा स्थायी राजधानीमा भौतिक, प्रशासनीय र विधि व्यवस्थापन गर्न उत्तिकै चुनौती र महत्वपूर्ण रहेको बताए।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ९ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको