२२ माघ २०८२, बिहिबार | February 5, 2026

नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको हो : अध्यक्ष ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको बताएका छन् ।

भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले दुई देशको सम्बन्धलाई स्थायीरुपमा रहेकाले कसैले पनि बिगार्न नसक्ने बताए ।

भारतसँगको सम्बन्धलाई साच्चैको मित्रताका रुपमा अगाडि बढाइरहेको अध्यक्ष ओलीको भनाइ छ । उनले दुई देशबीचको सम्बन्ध अत्यन्त पुराना, प्रकृतिले दिएका र इतिहासले बनाएका मित्रको सम्बन्ध रहेको बताए ।

“नेपाल र भारतबीचको सम्बन्ध कहिलेकहिले, कुनैकुनै कारणले, थोरै घोचपेच भए पनि यस सम्बन्धलाई स्थायीरूपमा सधैँका लागि कसैले पनि बिगार्न सक्दैन”, उनले भने, “यो प्रकृतिले बाँधेको सम्बन्ध हो । यो समाजले बनाएको सम्बन्ध हो । यो कसैले निर्माण गरेकोभन्दा, कुनै राज्यले निर्माण गरेकोभन्दा, त्यसभन्दा अगाडिको सम्बन्ध हो ।”

उनले पारस्परिक सहयोग र पारस्परिक लाभका आधारमा एकअर्कालाई सहयोग गरिरहेकोसमेत बताए । अध्यक्ष ओलीले नेपाल र भारतबीच देखिएका कतिपय विषयलाई आपसी छलफल गरेर समाधान गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १० : ३१ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं