१८ पुस २०८२, शुक्रबार | January 2, 2026

१५ जिल्लामा मध्यमदेखि भारी वर्षा, मेलम्ची नदीमा जलसतह बढ्यो



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ ।

बिहीबार बिहान २:३० बजेसम्म इलाम, झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लाका केही ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ । यस्तै, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही र आसपास केही स्थानमा पनि मध्यमदेखि भारी बर्षा भएको विभागले जनाएको छ ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले यी जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

सिन्धुपाल्चोकको गुम्थाङ, धाप, भोताङ लगायत धेरै स्थानमा भारी बर्षा मापन भएको जनाउँदै महाशाखाले मेलम्ची नदीमा जलसतह बढेको जनाएको छ। मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनका साथै आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।

मेलम्ची तटीय क्षेत्रमा बिहीबार बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : ३३ बजे

नारायणगढ-गैँडाकोट आइकोनिक केबल-स्टेड पुल निर्माणले लियो गति

नारायणगढ । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त

गुल्मीको मालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य