२० असार २०८३, शनिबार | July 4, 2026

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा



तुलसीपुर । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ ।

अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्देश्य तय गरी कार्यविधि निश्चित गरेको पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्माले बताउनुभयो । प्रदेश अध्यक्ष सुदर्शन बरालको अध्यक्षता र केन्द्रीय सचिव प्रदेश इन्चार्ज हितमान शाक्यको आतिथ्यतामा बसेकोे बैठकले १२ जिल्लाका १०९ पालिकामा पार्टी सङ्गठन सुदृढ गर्ने, ९८३ वडामा पार्टी सङ्गठन सुदृढ एवं विस्तार गर्ने, पार्टी सदस्यलाई परिचालन गर्ने र जनतामा पुग्ने अभियानमा प्रदेशमा रहेका केन्द्रीय सदस्य आफ्नो जिल्लाबाट अर्को जिल्लामा गएर पालिकाको नेतृत्व गर्ने निर्णय भएको छ ।

त्यस्तै प्रदेश सदस्यहरुले वडाको नेतृत्व गरी अभियान टिम निर्माण गर्ने, अभियानमा पार्टीका सबै संरचनालाई परिचालन गरी ‘घरघरमा माओवादी जन,जनमा माओवादी’को नारालाई सार्थक बनाइने छ । अभियानका लागि दाङको संयोजकमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्यूठानको संयोजकमा निर्मल आचार्य, रुकुमपूर्वको संयोजकत्वमा कमला रोका, रोल्पामा पूर्ण घर्ती, गुल्मीमा जोखबहादुर महरा, अर्घाखाँचीमा वामदेब क्षेत्री, पाल्पामा कृष्णध्वज खड्कालाई जिम्मा दिइएको छ ।

त्यस्तै नवलपरासी पश्चिममा हकिकुल्ला खाँ, रुपन्देहीमा गणेशमान पुन, कपिलबस्तुमा महेश्वर गहतराज, बाँकेमा कुलप्रसाद केसी र बर्दियामा पूर्णकुमारी सुवेदीलाई संयोजक तोकिएको छ । त्यस्तै जगप्रसाद शर्माको नेतृत्वमा अनुगमन तथा प्रशिक्षणको टिम निर्माण गरिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  २ : १९ बजे

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता