१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पैदलबाटै देश घुम्न निस्केका पाध्या अर्घाखाँची पुगे



अर्घाखाँची । नेपालका ७७ जिल्लामा पैदलयात्रामा निस्किएका कैलालीका देवराज पाध्या अर्घाखाँची आईपुगेका छन् । पैदलयात्रा शुरु गरेकाे १ सय ५६ दिनमा पाध्या अर्घाखाँची आईपुगेका हुन् । अर्घाखाँची हुँदै भाेली प्युठान पुग्ने पाध्याले बताए ।

बाजुरा जन्मिई हाल कैलाली स्थाई घर भएका ३७ पाध्या अर्घाखाँची सहित ७० जिल्ला पुगिसकेकाे बताए । “आफ्नै खुट्टाले नेपाल घुम्ने मन लाग्याे,’ पाध्याले भने “कति दिनमा देश घुमिदाे रहेछ भन्ने जान्न मन लागेपछि यात्रा शुरु गरेकाे हुँ ।”

यसभन्दा अघि ७७ जिल्ला घुम्ने पैदलयात्रीकाे विययमा जानकारी नभएकाे पाध्याले बताए । “साईकल र गाडीमा हिड्नेहरु भए पनि पैदलयात्रीकाे विषयमा मलाई जानकारी छैन,’  पाध्याले भने ।

यात्रा शुरु गर्नुपुर्व कैलालीमा रहेकाे गाैरिगंगा नगरपालिकालाई आफ्नाे यात्राकाे विषयमा जानकारी दिएकाेमा नगरपालिकाले २० हजार रुपैयाँ आफ्नाे खातामा राखिदिएकाे उनले बताए । छिटफुट ५/७ सय सहयाेग आउने गरेकाे भएपनि हालसम्म सरकारी स्तरबाट कुनै सहयाेग नभएकाे पाध्याले बताए ।

भ्रमणकाे क्रममा स्थानियहरुकाे राम्राे साथ पाएकाे पाध्याकाे भनाई छ । “कतैपनि असहज, अप्ठायाराे महशुश गर्नुपरेकाे छैन,’ उनले भने, ‘लुटपाट तथा कुटपिटकाे अनुभव समेत गर्नुपरेकाे छैन ।’

साँझ जहाँ पुगिन्छ, त्यहीबाट अर्काे दिनकाे यात्रा शुरु गर्ने गरेकाे उनले जानकारी दिए । ‘खाेटाङमा बास पाईन, साेलु सल्लेरी, धादिङमा बास पाईन,’ पाध्याले भने ‘अन्यत्र राम्राे प्रतिक्रिया पाएकाे छु ।’

अब प्युठान, राेल्पा, दाङ, बाँके बर्दिया, कैलाली र कन्चनपुर सहित सात जिल्ला बाँकी रहेकाे पाध्याले बताए । अझै बिस दिनमा सक्ने अनुमान गरेका पाध्याले समापन भने कन्चनपुर जिल्लाबाट गर्ने साेच बनाएका छन् ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ७ : २८ बजे

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा