१ पुस २०८२, मंगलबार | December 17, 2025

तालिबान शासनमा प्रेस स्वतन्त्रता दमन, पछिल्लो १० दिनमा नौ पत्रकार पक्राउ



काबुल । विगत दुई वर्षदेखि तालिबान शासनमा रहेको अफगानिस्तानमा प्रेस स्वतन्त्रताको अवस्था गहिरो चिन्ताजनक छ । मिडिया रिपोर्टका अनुसार तालिबान अधिकारीहरूले पछिल्लो १० दिनमा नौ पत्रकारलाई गिरफ्तार गरेका छन् ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को प्रतिवेदनले अफगानिस्तानमा पत्रकारको गिरफ्तारीप्रति चिन्ता व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय संस्थाहरूले पनि अफगानिस्तानमा पत्रकारमाथि हुने दमनप्रति चिन्ता व्यक्त गरेका छन् ।

अफगानिस्तानको समाचार एजेन्सी खामा प्रेसले रिपोर्ट गरेको छ कि अफगानिस्तानको मिडिया तालिबान शासनमा बाँच्नको लागि संघर्ष गरिरहेको छ । विगत दुई वर्षमा धेरै रेडियो र टिभी स्टेशनहरूसँगै समाचार संस्थाहरू बन्द भएका छन् । ६ हजारभन्दा बढी पत्रकारले जागिर गुमाएको अनुमान गरिएको छ ।

आरएसएफको समाचार अनुसार तालिबानले कुनै स्पष्ट कारण बिना १२ पत्रकारलाई हिरासतमा लिएको छ । आरएसएफले फकिर मोहम्मद फकिरजाई, जान आगा सालेह, हसीब हसास, हबीब सरब, सैयद वाहदतुल्लाह अब्दाली, शमसुल्लाह ओमारी, वाहिद रहमान अफगानमल, अताउल्लाह उमर र परभिज सरगन्द सहित नौ पक्राउ पत्रकारहरू पक्राउ गरेको सूची जारी गरेको छ ।

अफगानिस्तानका पाँच प्रान्तमा छापा मार्दा पत्रकारहरूलाई कुनै स्पष्टीकरण नदिई पक्राउ गरिएको र एक बाहेक सबै हिरासतमा रहेको बयानमा उल्लेख छ । यी पत्रकारहरुलाई अज्ञात स्थानमा राखिएको छ ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ८ : ५० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष