२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्लेन कारमा ठोक्किदा मलेसियामा सांसदसहित १० को मृत्यु



क्वालालम्पुर । मलेसियाको सेलाङ्गोरमा एउटा विमान सडक दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी हालसम्म दश जनाको मृत्यु भएको छ । सडकमा भएको विमान दुर्घटनाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्, जुन निकै डरलाग्दो छन् ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त दुर्घटनामा विमानमा ८ जनाको मृत्यु भएको र विमानको ठक्करबाट कार चालक र मोटरसाइकल चालकसहित २ जनाको मृत्यु भएको हो ।

प्राधिकरणका अनुसार दुई चालक दलका सदस्य र ६ जना यात्रु बोकेको एउटा सानो विमान मलेसियाको सेलान्गोर राज्यको सुल्तान अब्दुल अजिज शाह विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । जानकारी अनुसार विमान सडकमा रहेको एउटा कारसँग ठोक्किएको हो ।

प्राधिकरणका प्रमुख नोर्जमान महमुदले विमान लङ्कावीको उत्तरी रिसोर्ट टापुबाट उडेको र राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ आउदै गरेको थियो ।

द गार्डियनका अनुसार दुर्घटनाग्रस्त विमान जेट भ्यालेटले सञ्चालन गरेको थियो। यससँगै दुर्घटनामा मृत्यु हुनेमा पहाङका एक प्रदेश सभाका सांसद  र एक उड्डयन कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ८ : ५२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय