११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

पाकिस्तान २१ चर्चमा आक्रमण, अहिलेसम्म १३५ जना पक्राउ (फाेटाे फिचर)



इस्लामबाद । पञ्जाब प्रान्तको किस्तानका २१ वटा गिर्जाघरमा भीडले आक्रमण गरेको आरोपमा १३५ जनालाई पक्राउ गरिएको छ । सरकारले बिहीबार दंगाको उच्च स्तरीय छानबिनको आदेश दिइसकेको छ भने क्षतिग्रस्त सबै गिर्जाघर र अल्पसंख्यक इसाईहरूको घरहरू मर्मत गर्ने वाचा गरेको थियो ।

लाहोरबाट १३० किलोमिटर टाढा रहेको फैसलाबाद जिल्लाको जरनवाला सहरमा ईश निन्दाको आरोपमा बुधबार आक्रोशित भीडले २१ गिर्जाघर र इसाई धर्मावलम्बीका धेरै घरमा तोडफोड र आगजनी गरेका छन् । अर्कोतर्फ क्रिश्चियन समुदायले बिहीबार विरोध प्रदर्शन गरेका छन् ।

पञ्जाबका कार्यवाहक सूचना मन्त्री अमिर मिरले बिहीबार भने कि आतंकवाद र ईश्वर निन्दाको आरोपमा ६०० संदिग्धहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ। पञ्जाब प्रहरीले यस मामिलामा १ सय ३५ बदमाशलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा कट्टरपन्थी समूह तेहरिक ए लब्बैक पाकिस्तानका सदस्यहरू पनि थिए।

मिरले भने कि यस क्षेत्रमा शान्ति पुनर्स्थापित भएको छ र प्रहरी र रेन्जरहरूको ठूलो फौज गिर्जाघर र अल्पसंख्यक इसाई समुदायका घर बाहिर तैनाथ गरिएको छ। उनले विभिन्न भवनमा क्षति पु¥याउने प्रयासलाई प्रहरीले असफल बनाएको बताए ।

उनले यस विषयमा मुख्यमन्त्रीले उच्चस्तरीय छानबिन गर्न आदेश दिएको र यस जघन्य अपराधमा संलग्न व्यक्ति न्यायबाट उम्किन नसक्ने बताए ।

यसैबीच, पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले तीनदेखि चार दिनभित्र अल्पसंख्यक क्रिश्चियन समुदायका सबै चर्च र घरहरू पुनर्स्थापित गर्ने वाचा गरे, जुन भीडले आक्रमण गरी जलाएको थियो

जारनवालामा सात दिनका लागि धारा १४४ लागू गरी सरकारी कार्यक्रमबाहेक सबै प्रकारका जमघटमा रोक लगाइएको छ । बिहीबार जरानवालाका सबै शैक्षिक संस्था, बजार र व्यापारिक प्रतिष्ठान बन्द रहे ।

अर्कोतर्फ, फैसलाबादका क्रिश्चियन समुदायका नेताहरूले बिहीबार जरानवालामा उनीहरूको पवित्र स्थान र घरहरूमा भएको क्षतिको आंकलन गरे ।

 

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ९ : १४ बजे

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार

विकासको योजनासहित काँग्रेस उम्मेद्वार चुन्न घरदैलोमा

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा

पाल्पा कृषिको प्रचुर सम्भावना भएको जिल्ला : उम्मेदवार श्रेष्ठ

पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार

सर्लाहीमा गगन थापालाई समर्थन गरेको जेनजी २.० ले रुपन्देहीमा विष्णु पौडेललाई समर्थन गर्ने

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा विर्नाचनमा जेनजी