५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

पाकिस्तान २१ चर्चमा आक्रमण, अहिलेसम्म १३५ जना पक्राउ (फाेटाे फिचर)



इस्लामबाद । पञ्जाब प्रान्तको किस्तानका २१ वटा गिर्जाघरमा भीडले आक्रमण गरेको आरोपमा १३५ जनालाई पक्राउ गरिएको छ । सरकारले बिहीबार दंगाको उच्च स्तरीय छानबिनको आदेश दिइसकेको छ भने क्षतिग्रस्त सबै गिर्जाघर र अल्पसंख्यक इसाईहरूको घरहरू मर्मत गर्ने वाचा गरेको थियो ।

लाहोरबाट १३० किलोमिटर टाढा रहेको फैसलाबाद जिल्लाको जरनवाला सहरमा ईश निन्दाको आरोपमा बुधबार आक्रोशित भीडले २१ गिर्जाघर र इसाई धर्मावलम्बीका धेरै घरमा तोडफोड र आगजनी गरेका छन् । अर्कोतर्फ क्रिश्चियन समुदायले बिहीबार विरोध प्रदर्शन गरेका छन् ।

पञ्जाबका कार्यवाहक सूचना मन्त्री अमिर मिरले बिहीबार भने कि आतंकवाद र ईश्वर निन्दाको आरोपमा ६०० संदिग्धहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ। पञ्जाब प्रहरीले यस मामिलामा १ सय ३५ बदमाशलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा कट्टरपन्थी समूह तेहरिक ए लब्बैक पाकिस्तानका सदस्यहरू पनि थिए।

मिरले भने कि यस क्षेत्रमा शान्ति पुनर्स्थापित भएको छ र प्रहरी र रेन्जरहरूको ठूलो फौज गिर्जाघर र अल्पसंख्यक इसाई समुदायका घर बाहिर तैनाथ गरिएको छ। उनले विभिन्न भवनमा क्षति पु¥याउने प्रयासलाई प्रहरीले असफल बनाएको बताए ।

उनले यस विषयमा मुख्यमन्त्रीले उच्चस्तरीय छानबिन गर्न आदेश दिएको र यस जघन्य अपराधमा संलग्न व्यक्ति न्यायबाट उम्किन नसक्ने बताए ।

यसैबीच, पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले तीनदेखि चार दिनभित्र अल्पसंख्यक क्रिश्चियन समुदायका सबै चर्च र घरहरू पुनर्स्थापित गर्ने वाचा गरे, जुन भीडले आक्रमण गरी जलाएको थियो

जारनवालामा सात दिनका लागि धारा १४४ लागू गरी सरकारी कार्यक्रमबाहेक सबै प्रकारका जमघटमा रोक लगाइएको छ । बिहीबार जरानवालाका सबै शैक्षिक संस्था, बजार र व्यापारिक प्रतिष्ठान बन्द रहे ।

अर्कोतर्फ, फैसलाबादका क्रिश्चियन समुदायका नेताहरूले बिहीबार जरानवालामा उनीहरूको पवित्र स्थान र घरहरूमा भएको क्षतिको आंकलन गरे ।

 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : १४ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन