५ पुस २०८२, शनिबार | December 20, 2025

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीमाथि नै छानिबन हुनुपर्छ : एमाले प्रमुख सचेतक बर्तौला



बुटवल । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीमाथि समेत छानबिन हुनेपर्ने बताएका छन् ।

बुटवलमा शनिबार बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा बर्तौलालले सरकारले सुन तस्करलाई संरक्षण गरेकै कारण उनीहरुमाथि छानबिन हुनुपर्ने बताएका हुन् । उनले सरकार मातहतकै निकायले प्रधानमन्त्री र गृहमन्त्रीलाई छानिबन गर्न नसक्ने उनले तर्क गरे । आफुहरुले माग गरेको उच्चस्तरीय छानबिन समितिले सबैमाथि छानबिन गर्ने उनले बताए ।

उनले भन्सारबाट ३३ पटक सुन भित्रिँदा पनि सोधखोज नभएको बताउँदै हवल्दार र सिपाही , सुब्बा र खरदारको सेटिङमा मात्र सुन भित्रन नसक्ने दाबी गरे । कसैलाई बचाउने कसैलाई फसाउने नियत सरकारमा देखिएको उनले आरोप लगाए ।

बर्तौलाले सरकारले संसदलाई कमजोर बनाएको आरोप लगाएका छन् । ९ महिनासम्म कुनै विजनेश नदिएर सरकारले संसदलाई कमजोर बनाएको आरोप लगाएका हुन् । सांसदले संसदमा उठाएका कुरा नसुन्न सरकारले कानमा तेल र आँखामा पट्टी लगाएर बसेको उनको आरोप छ ।

बर्तौलालले ठूलो दलको हैसियतमा कांग्रेससँग अपेक्षा रहेपनि उसले निकास नदिएको बताए । ‘कांग्रेस फुच्चे माहुतेको पछिपछि लाग्यो’, उनले भने ।

संसदमा आफुहरुलाई सहयोगी दलले छोडेपनि एमालेले आफ्नो एजेण्डा नछोड्ने उनले बताए ।

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  ९ : ३६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य