११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

प्रमुख दलले सिण्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरे : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगायका छन् ।

थापाले प्रमुख भनिने दलहरुले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमती गरेको भन्दै तिब्र रोष प्रकट गरेका छन् ।

पार्टीको काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो भने संघीय गणतन्त्र नाममा अहिले लुकमा कायम ब्यवस्थाको नै अन्त्य जरुरी भएको समेत बताए ।

राप्रपा नेपाल भविष्यमा सत्ता केन्द्रीत हैन, जनता केन्द्रीत भएर जनता र देशको हितको लागि अगाडि बढ्ने सड्ढल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे । मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिबर्तन, महङ्गीको मारमा सिङ्गो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहरी खेलले विधिको शासनको उपहास भएको समेत जिकिर गरे ।

कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल ,श्याम घिमिरे, राजकुमार खड्का, दिबेश नापित लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न नबप्रवेशीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ७ : १८ बजे

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको

दाङमा बस दुर्घटना, ७ जना घाइते

तुलसीपुर । दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका

धादिङ बस दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश