७ आश्विन २०८३, बुधबार | September 23, 2026

इमरान खानलाइ जेलमा बिष खुवाउन सक्ने आशंका, जेल परिवर्तन गर्न माग



इस्लामबाद । पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानकी पत्नी बुशरा बीबीले आफ्ना श्रीमानकाे सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनलाई अटक जेलमा विष खुवाउन सकिने बताएकी छन् ।

पाकिस्तानी मिडियाका अनुसार बुशरा बीबीले पञ्जाबका गृह सचिवलाई पत्र पठाएर अदालतले आफ्ना पतिलाई रावलपिंडीको अडियाला जेलमा सार्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु पर्नेसमेत बताएकी छिन ।

उनले भनिन्, ‘मेरा श्रीमान् विना कारण अट्टक जेलमा थुनिएका छन् । कानुनबमोजिम मेरो श्रीमानलाई अडियाला जेलमा सार्नु पर्छ ।’

पूर्व प्रधानमन्त्री इमरान खानलाई यस महिनाको सुरुमा गिरफ्तार गरिएको थियो, जब उनको प्रधानमन्त्रीको कार्यकालमा विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट प्राप्त सरकारी उपहारहरू बिक्रीसँग सम्बन्धित तोशाखाना मुद्दामा अदालतले दोषी करार भए पछि तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

पीटीआई प्रमुखलाई अक्सफोर्ड स्नातक तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान भएकाले सामाजिक र राजनीतिक हैसियतअनुसार कारागारमा  ‘बी’ श्रेणीको सुविधा दिनुपर्ने बुशराबीबीले माग गरेकी छिन ।

यसैबीच बुशरा बीबीले विगतमा पनि दुई पटक खानको हत्याको प्रयास भइसकेको भएपनि संलग्न अभियुक्तलाइ पक्राउ नगरेको बताइन् । ‘उनको जीवन अझै खतरामा छ र मेरो श्रीमानलाई एटक जेलमा विष खुवाउने डर छ,’ उनले पत्रमा भनिन् । मिडिया रिपोर्टका अनुसार उनले देशको पूर्वप्रधानमन्त्री भएकाले आफ्ना श्रीमानलाई जेलमा घरमा पकाएको खाना खान दिनु पर्ने बताएकी छन् । जेल म्यानुअलको सन्दर्भमा बुशराले खानलाई ४८ घण्टाभित्र सबै सुविधा उपलब्ध गराउने भनिएको तर १२ दिन बितिसक्दा पनि आफूलाई त्यो सुविधा नदिएको बताइन् ।

उनले भनिन्, ‘कारागारको नियम बमोजिम निजी चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने मेरो श्रीमान्को अधिकार छ । उनले पीटीआई प्रमुखलाई जेल म्यानुअल अनुसार सुविधा नदिएकोमा छानबिन गर्न मागसमेत गरेकी छिन ।

यसबाहेक गत हप्ता पीटीआई कोर कमिटीले पनि इमरान खानलाई ‘स्लो पोइजनिङ’बाट पीडित हुनसक्ने चिन्ता व्यक्त गरेको थियो र उनलाई घरमा पकाएको खाना र पानी उपलब्ध गराउन माग गरेको थियो ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ७ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई