२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

चर्च जाँदै गरेका युक्रेनी माथी रुसी हमला, ७ को मृत्युका साथै १२९ जना घाइते



किभ । रुसी सेनाले युक्रेनको ऐतिहासिक सहर चेर्निहाइभमा मिसाइल हमला गरेको छ । युक्रेनको आन्तरिक मन्त्रालयले रुसी मिसाइलले भीडभाड भएको चोकमा प्रहार गर्दा ६ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको र १२९ जना घाइते भएको जनाएको छ ।

हवाई आक्रमण हुँदा मानिसहरु धार्मिक बिदा मनाउन चर्च जाँदै गरेको मन्त्रालयले जनाएको छ । आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी आक्रमणमा घाइते हुनेमा १५ बालबालिका र १५ प्रहरी अधिकारी रहेको सामाजिक सञ्जाल पोस्ट गर्दै बताएका छन् ।

स्वीडेनको आधिकारिक भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिग्राममा एउटा पोस्टमा रुसले चर्च जानेहरू माथि मिसाइल आक्रमण गरेको र चेर्निहाइभको सहरको केन्द्रमा आक्रमण गरेको बताए । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् । उनले भने कि, ‘यो रूसको राक्षसी प्रवृत्तिको अर्को दुखद दृश्य हो ।’

जेलेन्स्कीले पोस्टमा आक्रमणपछिको भिडियो पनि सेयर गरेका छन् । जसमा ड्रामा थिएटर अगाडिको चोकमा भग्नावशेष छरिएको देखाइएको छ । आक्रमणबाट त्यहाँ पार्किङ गरिएका गाडीमा ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ७ : २४ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा