५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेपाल-भारत सीमाको सुरक्षार्थ खटिने सुरक्षाकर्मीका परिवारको सहयोगार्थ चलचित्र ‘काँडेतार’को बुटवलमा च्यारीटी शो



बुटवल । नेपाल भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते र निधन भएका सुरक्षाकर्मीको परिवारलाई सघाउने उद्देश्यले निर्माण भएको नेपाली चलचित्र ‘काँडेतार’को बुटवलमा च्यारीटी शो गरिएको छ । बुटवलको भ्यु सिनेमाजमा चलचित्र ‘काँडेतार’को च्यारीटी शो प्रदर्शन गरिएको हो ।

अभिनेता तथा निर्माता नवल खड्काको निर्देशन तथा बुटवलकी निर्माता अन्जु केसीको निर्माणमा बनेको चलचित्रको च्यारीटी शो नेपाल भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते र निधन भएका सुरक्षाकर्मीको परिवारलाई सघाउने उद्देश्यले गरिएको जनाइएको छ । च्यारीटी शोमा उपस्थित दर्शकले कथावस्तु, प्रस्तुतीकरण र प्राविधिक पक्ष, फिल्मले देखाउन खोजेको चेतनाको प्रशंसा गरेको निर्माता अन्जु केसीले बताईन् । अहिलेसम्म नेपालका चारवटा प्रमुख शहरमा च्यारिटी शो गरेको चलचित्रको छिट्टै भैरहवा र सबै जिल्लामा च्यारिटी शोको आयोजना गर्ने तयारी भइरहेको समेत केसीले जनाइन् ।

फागुन २५ गते शिवरात्रीबाट प्रदर्शनमा आउने चलचित्रमा नेपालको राष्ट्रियता प्रतिको भावना जगाउने कथावस्तु समेटिएको बताइएको छ । चलचित्रले नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार या पर्खाल लगाएर सीमालाई व्यवस्थित गरी सिमा सुरक्षा र मित्रताको सम्बन्ध कायम राख्न राज्य र नागरिकलाई सुझाएको चलचित्र हेरेर निस्कंदै गरेका एक दर्शकले बताए । खुल्ला बोर्डर, र ब्यापार निती तथा भारतीय ज्यादतीको बिरुद्धमा फिल्मले विद्रोह बोल्न खोजेको उनले बताए ।

ससक्त अभिनयका धनी पोख्त कलाकारबाट भएको अभिनयलाई दर्शकले निकै मनपराउने चलचित्र निर्माणमा संलग्नहरुले अपेक्षा गरेका छन् । फिल्मले छिमेकी देशसंगको दौत्य सम्बन्ध र यसको सहजतासंगै देशभक्तीको कथावस्तु बोकेको निर्मात्री केसीले बताइन् । ।

शनिबार बुटवलमा सम्पन्न शोमा लुम्बिनी प्रदेशका पुर्व सांसद दधिराम न्यौपाने, बुटवलका पुर्व मेयर शिवराज सुबेदी, तिलोत्तमाका उपमेयर जगेश्वरी देवी चौधरी, जनप्रतिनिधीहरु कृष्ण प्रसाद पौडेल, बिष्णु बराल, सुरेन्द्र श्री, राधा शाही, लक्ष्मी घले, ब्यबसायी बिमल भट्टराई लगायत विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ र युवाहरुको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ३ : ०९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं