२० भदौ २०८३, शनिबार | September 5, 2026

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध


४ भदौ २०८०, सोमबार  

156
Shares

बागलुङ । खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो ।

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ताङ्बे भन्ने स्थानमा खहरे खोलामा आएको बाढीले सडक ठप्प बनाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङमा सिधा यातायात सञ्चालन हुन नसकेको प्रजिअ केसीले बताए।

गत साता कागखोलामा आएको बाढीले गर्दा अवरुद्ध बनेको जोमसोम–कोरला सडक केही दिनमै सञ्चालनमा आएको थियो । आइतबार रातिको बाढीले पुनःअवरुद्ध बनाएपछि जोमसोमदेखि कोरला पुग्ने र उपल्लो मुस्ताङदेखि जोमसोम, पोखरा, काठमाडौँलागायतका स्थानमा जाने सवारीसाधन ठप्प भएको उनले जानकारी दिए ।

उपल्लो मुस्ताङबाट फर्किने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन् । जोमसोमदेखि उपल्लो मुस्ताङ पुग्ने वैकल्पिक सडक भने छैन । खोलामा बाढीको बहाव घट्दै गएको हुँदा आज साँझसम्म सडक खुलाउने प्रयास भइरहेको प्रजिअ केसीले बताए ।

“हिजो राति खहरे खोलामा बाढी आएपछि उपल्लो मुस्ताङसँग सिधा यातायात हुन सकेको छैन, सडक खुलाउनका लागि मेसिन प्रयोग भएका छन्, आज साँझसम्म खुलाउने कोसिस गरेका छौँ”, प्रजिअ केसीले भने, “कागखोलामा बाढी आउँदा केही पर्यटकलाई जोमसोमसम्म झारेका थियौँ, अहिले पनि केही पर्यटक माथिल्लो मुस्ताङमा हुनुहुन्छ, पैदल यात्रा गर्ने ठाउँ पनि रहेको हुँदा धेरै समस्या पर्दैन, साँझसम्म गाडी नै सञ्चालन होला भन्ने अपेक्षा छ ।”

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  १२ : ५६ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका