६ पुस २०८२, आइतबार | December 21, 2025

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्।

श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको पद तथा गोपनियताको शपथ मंगलबार गरिने भएको छ ।

संसदीय सुनुवाई समितिको आजको बैठकले प्रधानन्यायाधिशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको थियो ।

सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मेका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ९ : ३१ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या