१६ श्रावण २०८३, शनिबार | August 1, 2026

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन सरकार सहमत, कार्यदेश र संरचना टुंग्याउन कार्यदलको बैठक बस्दै



काठमाडौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सरकार तयार भए पछि आज त्यसको कार्यादेश र संरचना टुंगो लगाईदैछ । हिजो बसेको प्रमुख राजनीतिक दलको शिर्ष नेताहरुको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमत भएका थिए ।

सो सहमति लगत्तै नेकपा एमालेका सुबासचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे सम्मिलित कार्यदलले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मेवारी पाएका छन् ।

उक्त कार्यादलले बनाएको ड्राफ्टलाई प्रमुख दलमा छलफल गरी मन्त्रीपरिषदवाट अनुमोदन गराउने योजनामा पनि दलहरु बिच सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । जसका लागि आज बिहान ११ बजे कार्यदलको बैठक बस्नेछ ।

उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ ।

सो छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमालले अडान कायम राखेर संसद अवरुद्ध गर्दै आएको थियो । गत साउन १० देखी अबरुद्ध संसद छानबिन समिति गठन गर्न सरकार सहमत भएसँगै आजबाट सुचारु हुनेछ ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ८ : ०५ बजे

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न