७ आश्विन २०८३, बुधबार | September 23, 2026

साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।

चालु आवको पहिलो महिनामा ४९ अर्ब ७० लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा रू ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै सङ्कलन भएको विभागले जनाएको छ । गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन ।

साउनमा १६ अर्ब नौ करोड १३ लाख ५६ हजार बराबर आयकर सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रू १३ अर्ब २६ करोड ३६ लाख ६३ हजार बराबर मात्रै सङ्कलन भएको छ । आयकरतर्फको मासिक लक्ष्यमा वास्तविक प्राप्ति ८२ दशमलव ४३ प्रतिशत बराबर हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) पनि मासिक लक्ष्यको ८१ दशमलव ९७ प्रतिशत मात्रै उठेको छ । साउन महिनामा रू १४ अर्ब २४ लाख ७२ हजार बरार भ्याट सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रू ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजार बराबर मात्रै उठेको देखिएको हो ।

त्यस्तै, अन्तःशुल्कतर्फ रू १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार बराबर उठाउने लक्ष्य राखिएकोमा रू सात अर्ब ७० करोड ९५ लाख ८९ हजार बराबर उठेको छ । जुन लक्ष्यको ७२ दशमलव ६१ प्रतिशत हो ।

घर बहाल कर र स्वास्थ्य सेवा कर पनि लक्ष्यभन्दा न्यून देखिँदा साउन महिनामा शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी देखिएको छ । पहिलो महिना घरबहाल करतर्फ मासिक लक्ष्यको ७१ दशमलव ५२ प्रतिशत अर्थात् रू २२ करोड २० लाख छ हजार र स्वास्थ्य सेवा करतर्फ मासिक लक्ष्यको ६५ दशमलव एक प्रतिशत अर्थात् रू ६५ करोड ७१ लाख ६३ हजार बराबर उठेको छ । शिक्षा सेवा कर भने मासिक लक्ष्यभन्दा बढी उठेको छ । साउनका लागि यो शीर्षकमा रू २० करोड ४५ लाख एक हजार बराबर शिक्षा सेवा कर उठाउने सरकारको लक्ष्य रहेकोमा रू २८ करोड ९६ लाख १७ हजार बराबर उठेको छ । जुन लक्ष्यभन्दा ४१ दशमलव ६२ प्रतिशत विन्दुले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले उठाएको आन्तरिक राजस्व गत आर्थिक वर्षको सोही अवधिमा उठाएको भन्दा बढी हो । गत आर्थिक वर्ष साउनमा सरकारले रू ३९ अर्ब ८६ करोड ३४ लाख बराबर आन्तरिक राजस्व उठाएको थियो ।

गत आर्थिक वर्ष २०७९/८० का लागि सरकारले रू छ खर्ब २६ अर्ब ६१ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा ७६ दशमलव ५७ प्रतिशत अर्थात् रू चार खर्ब ७९ अर्ब ७९ करोड बराबर मात्रै सङ्कलन भएको थियो । चालु आर्थिक वर्षका लागि सरकारले रू छ खर्ब ७७ अर्ब ७३ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ४ : २१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज