११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

भारतमा ठुलो परिमाणमा नेपाली मदिरा सहित एकजना पक्राउ



नेपालगन्ज । नेपालबाट भारत भित्राइंदै गरेको ठुलो परिमाणको मदिरा सहित भारतीय प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । ऊत्तर प्रदेश जिल्ला बहराईच रुपैडिहा थानाले नेपाल–भारत सीमा नजिकैबाट ठुलो परिमाणको नेपाली मदिरा सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपैडिहा थानाको जिगरिया रामपुर मुन्ना पाठक गाउँका रामकुमार भन्ने ​​लिलाउ सोनकर रहेको रुपैडिया थानाले जनाएको छ । रुपैडिया थानाका अनुसार पक्राउ परेका सोनकरको साथबाट नेपालका डिस्टिलरीमा बनाइने कच्ची तथा विदेशी मदिरा ठूलो परिमाणमा बरामद भएको छ ।

रुपैडिहा थानाका इन्स्पेक्टर कृष्णकुमार सिंहको कमाण्डमा खटीएको प्रहरी जवान अशोक प्रजापति, लक्ष्मण गौड, भीष्म यादवसहित मोबाईल टोली गस्तीले मदिरा सहित सोनकरलाई नियन्त्रणमा लिएको हो ।

भगवानपुर करिङ्गा वन चौकी नजिकैबाट जाँदै गरेका सोनकरलाई चेकजाँचका क्रममा बोराभित्र ४० लिटर कच्चा मदिार र नेपाली ब्राण्डको कर्णाली सौफी रक्शी बरामद भएको बताइएको छ । पक्राउ परेका सोनकरलाई भारतीय अन्तःशुल्क ऐन अन्तर्गत कारागार चलान गरिएको एसएचओ शमशेरबहादुर सिंहले जनाएका छन् ।

फोटो सौजन्य : लिमरा खबर

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  १० : ४८ बजे

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी

कालीगण्डकी लोकमार्ग : लमाएखोलामा दुईवर्षमा सम्पन्न हुनुपर्ने पुल आठ वर्षपछि सम्पन्न

पर्वत । उत्तर-दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत

बुटवलमा वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत

बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा