३ पुस २०८२, बिहिबार | December 18, 2025

भारतमा ठुलो परिमाणमा नेपाली मदिरा सहित एकजना पक्राउ



नेपालगन्ज । नेपालबाट भारत भित्राइंदै गरेको ठुलो परिमाणको मदिरा सहित भारतीय प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । ऊत्तर प्रदेश जिल्ला बहराईच रुपैडिहा थानाले नेपाल–भारत सीमा नजिकैबाट ठुलो परिमाणको नेपाली मदिरा सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपैडिहा थानाको जिगरिया रामपुर मुन्ना पाठक गाउँका रामकुमार भन्ने ​​लिलाउ सोनकर रहेको रुपैडिया थानाले जनाएको छ । रुपैडिया थानाका अनुसार पक्राउ परेका सोनकरको साथबाट नेपालका डिस्टिलरीमा बनाइने कच्ची तथा विदेशी मदिरा ठूलो परिमाणमा बरामद भएको छ ।

रुपैडिहा थानाका इन्स्पेक्टर कृष्णकुमार सिंहको कमाण्डमा खटीएको प्रहरी जवान अशोक प्रजापति, लक्ष्मण गौड, भीष्म यादवसहित मोबाईल टोली गस्तीले मदिरा सहित सोनकरलाई नियन्त्रणमा लिएको हो ।

भगवानपुर करिङ्गा वन चौकी नजिकैबाट जाँदै गरेका सोनकरलाई चेकजाँचका क्रममा बोराभित्र ४० लिटर कच्चा मदिार र नेपाली ब्राण्डको कर्णाली सौफी रक्शी बरामद भएको बताइएको छ । पक्राउ परेका सोनकरलाई भारतीय अन्तःशुल्क ऐन अन्तर्गत कारागार चलान गरिएको एसएचओ शमशेरबहादुर सिंहले जनाएका छन् ।

फोटो सौजन्य : लिमरा खबर

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  १० : ४८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका