१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा अर्घाखाँचीका एकजना पक्राउ



काठमाडौं । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने २९ वर्षीय तुफान केसी रहेका छन् । केसीलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कठायत जानकारी दिए ।

उनका अनुसार फेसबुक म्यासेन्जरमा आएको भिडियो कल चिनजानकै व्यक्तिको भनी रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरेको र यस्ता गतिविधि नगर्न आग्रह गर्दा पीडितकै फेसबुकमा पोष्ट गरेका तस्बिरमा अश्लील र अपमानजनक शब्द प्रयोग गरी चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले पक्राउ गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा केसीको संलग्नता खुल्न आएको प्रहरीको दाबी छ । पक्राउ परेका केसी उपर विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ११ : ०५ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा