१८ माघ २०८२, आइतबार | February 1, 2026

चिनियाँ भाषा स्वागत समारोहमा विभिन्न विद्यार्थी पुरस्कृत



काठमाडौं । चिनियाँ राजदूतावासले चिनियाँ भाषा, सांस्कृतिक प्रस्तुति, चित्रकलालगायतका विभिन्न चार विधाका उत्कृष्ट प्रतियोगी विद्यार्थीलाई एक समारोह आयोजना गरी पुरस्कृत गरेको छ ।

चिनियाँ शिक्षा स्वागत समारोह आयोजना गरी माध्यमिक तहका विद्यालयका विद्यार्थीका लागि १६औँ चाइनिज–ब्रिज चिनियाँ प्रवीणता प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण गरिएको हो ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै नयाँ आविष्कारका क्षेत्रमा चीनले गरेको प्रगति देखेर निकै प्रभावित भएको उल्लेख गरे । उनले चीन सधैं भरपर्दो सहयोगी र सहकर्मी रहँदै आएको बताए ।

मन्त्री राईले विज्ञान प्रविधिको क्षेत्रमा पनि चिनियाँ सरकारले नेपाल सरकारसँग थप सहकार्य अगाडि बढाउनुपर्नेमा जोड दिँदै सांस्कृतिक, आर्थिक, विज्ञान, प्रविधि, यातायात र सञ्चारको सहयोग आदानप्रदानले दुवै देशलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे । भाषाले शक्तिशाली मात्र नभई समृद्धिका लागि पनि मद्दत पु¥याउने उल्लेख गर्दै मन्त्री राईले दुई देशबीचको शैक्षिक आदानप्रदान र सहयोगको निरन्तरताका लागि आग्रह गरे ।

समारोहमा नेपालका लागि चीनका राजदूत छेन सोङले चिनियाँ पक्षले नेपालमा चिनियाँ भाषा शिक्षाको स्तरोन्नतिलाई सशक्तरूपमा प्रवर्द्धन गर्न, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति र अनुदान उपलब्ध गराउने चिनियाँ भाषा शिक्षालाई व्यावसायिक, उच्चस्तरीय र पाठ्यक्रमका रूपमा विकास गर्नका लागि प्रवर्द्धन गर्न नेपाली पक्षसँग मिलेर काम गर्ने बताए ।

सो अवसरमा उनले यस वर्षको सुरुआतदेखि महामारीको प्रभाव कम भएपछि दुई देशका जनता–जनताबीचको सम्बन्ध र सांस्कृतिक आदानप्रदान र सहयोगमा वृद्धि भएको बताए ।

राजदूत छेनले विगत १० वर्षमा ‘बेल्ट एण्ड रोड’ लाई विन–विन सहयोगको बाटो मात्र नभई सभ्यताबीचको आपसी सिकाइको मार्ग पनि बनाउँदै सिल्क रोडको भावनालाई विरासतको रूपमा अगाडि बढाउन हात मिलाएको उल्लेख गरे । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुति गरेका थिए ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ११ : ३१ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३