४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बुटवलका औषधी व्यवसायी ढकाल ४ दिनदेखि बेपत्ता



बुटवल । बुटवलका औषधी व्यवसायी गंगा ढकाल गएको ४ दिनदेखि बेपत्ता भएका छन् । लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सञ्चालन गर्दै आएका ५३ वर्षीय ढकाल शनिबार अपरान्ह घरबाट हिँडेपछि बेपत्ता भएको पारिवारीक श्रोतले जनाएको छ ।

पारिवारीक श्रोतका अनुसार ढकाल शनिबार सांझ चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ । आईतबार बिहान चितवनकै एक कुरीयर मार्फत आफूले लगाएका कपडा र आफूलाई अब नखोज्नु भन्ने सन्देश पठाएका थिए ।

पारिवारीक श्रोतका अनुसार मोबाईल फोन र घडी समेत घरमै छोडेर गएका ढकाल आईतबार साँझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदिको पुलमाथि देखिएका थिए । त्यसपछि उनको कुनै सम्पर्क नभएको र कतै नदेखिएको पारिवारीक श्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आईतबार सांझ करिव सवा सात बजेको समयमा एक ब्यक्ति नारायणी नदी पुलबाट हाम फालेको सुचना प्राप्त गरेको र हाम फालेका ब्यक्तिको खोजतलास भई रहेको बताए ।

पुलमा रहेका २ जना युवतीहरुले एकजना पुरुष पुलबाट हाम फालेको भनेर गैडाकोट प्रहरीलाई सुचना दिएका रहेछन् उनीहरुले दिएको सुचनाका आधारमा सिसिटीभी फुटेज हेर्दा नारायणगढ तर्फबाट गएका एक पुरुष नदिमा हाम फालेको देखिएको थियो । प्रहरी उपरिक्षक कार्कीले भने ।

नदिमा हाम फाल्ने ब्यक्ति ढकाल नै हुन भन्ने प्रमाणित नभएपनि नारायणगढ तर्फबाट गैडाकोट तर्फ पैदलै गएका ढकाल गैडाकोट पुगेको नदेखिएकोले उनै हुन सक्ने अनुमान गरिएको उनले बताए ।

“हामी आईतबार सांझदेखि शसस्त्र प्रहरी र गोताखोरसहित नारायणी नदिमा खोजी गरि रहेका छौं तर कुनै ब्यक्ति नदिमा भेटीएका छैनन् ।” कार्कीले भने।

विभिन्न सामाजिक संघ संस्थामा समेत सक्रिय ढकालले के कारणले घर छोडेर हिँडे भन्ने नखुलेको बताईएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ६ : ५६ बजे

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली