१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

‘अब मलाई नखोज्नु’ भनी बेपत्ता भएका बुटवलका औंषधी व्यवसायी ढकालको परिवारले गरे कुशको शव बनाएर अन्त्येष्टि



बुटवल । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औंषधी व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्कबिहिन भएका ढकाल चितवनको नारायणी नदीबाट हाम फाली बेपत्ता भएका थिए ।

बुटवलबाट गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाइन्ट सहितका कपडा घर पठाएका ढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले देखेकाले कुशको शव बनाएर देवघाटमा अन्तिम दाहासंस्कार गरिएको औषधी व्यवसायी बाबुराम भट्टराईले बताए ।

अन्तिम दिन नारायणी नदि पुल नजिकै सिसिटिभीमा देखिएका ढकाल

गत शनिबार घरबाट हिँडेपछि सम्पर्कबिहिन भएका ५३ वर्षीय ढकालले २०६३ सालदेखि ड्रग इन्टरनेशनल फर्म स्थापना गरी बुटवलमा औंषधी व्यवसाय गर्दै आएका थिए ।

ढकाल आइतबार साँझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदीमा देखिएको आधारमा चितवन प्रहरीले उनको खोजी गरिरहेको थियो । तर पनि भेट्टाउन भने सकेन । २ जना युवतीले एक जना पुरुष पुलबाट हाम फालेको भनी गैंडाकोट प्रहरीमा सूचना दिएको र त्यही आधारमा हाम फाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताइएको छ ।

आर्थिक रुपमा समेत अव्वल ढकालले किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधी व्यवसायी समेत आश्चर्यमा परेका छन् । बिभिन्न सामाजिक संघ संस्थामा समेत सक्रिय ढकाल रोटरी क्लव आफ सेन्टल बुटवल औंषधी ब्यवसायी संघ बुटवल उद्योग बाणिज्य संघ लगायतका सामाजिक संस्थामा क्रियाशिल थिए । स्वर्गीय ढकालका एक श्रीमती एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ७ : ५२ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै