१५ भदौ २०८३, सोमबार | August 31, 2026

डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला



भादगाउँ । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ ।

डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।

समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी श्रावणी मेला सुरु गर्ने गरिनेछ । आजकै दिन डोलेश्वरको विशेष पूजाअर्चना गरी मेलाको समापन गरिँदै आएको महासचिव बस्नेतले बताए ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  १० : २८ बजे

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ९४ शव

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका