१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सबै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरका शाखागत कर्मचारी, वडा कर्मचारी लगायत नगरपालिका भित्र रहेका सरोकारवाला संघ संगठन, महिला समाजका प्रमुखहरु, बुद्धिजीवी तथा स्थानिय दाजुभाई दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले एक वर्ष भित्र अथवा आर्थिक वर्ष २०७९/८० भित्र गरिएका गतिबिधिहरुको संक्षिप्त प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अर्यालले प्रगती विवरण प्रस्तुत गरे पश्चात् सहभागीहरुले टिप्पणी, गुनासो, प्रश्न, सुझाव र प्रशंसा सहितका मिश्रित प्रतिक्रियाहरु राखेका थिए । कार्यक्रममा जिज्ञासा र प्रश्न राख्दै सहभागीहरुले विकास निर्माण र मानबिय बिकासमा जोड दिन सुझाव दिदै नगरमा भएका गतिविधिहरुका जनचासोका बिषयमा प्रश्न राखेका थिए ।

नगरपालिकाको सार्वजनिक जग्गा, भवन निर्माण, यातायात, महिला तालिमको उपयोगिता, शिक्षा र पाठ्यक्रमका बिषयमा, मणिग्राम, ड्राइभरटोल तथा मंगलापुर र भलवारी चोकमा भएको डुबान समस्या र त्यसको आवस्यकता, स्वास्थ्य सम्बन्धी समस्या, समाधान, समयमा सडक निर्माण, बिस्तार, कालोपत्रे, पानीको समस्या, कृषकका समस्या, कृषिमा आत्मनिर्भर बन्न पालिकाद्वारा गरिनुपर्ने आवस्यकताहरु, महिला समूहद्वारा उत्पादित स्थानिय उत्पादनको बजार ब्यबस्थापन तथा प्रयोग, कृषिमा बिभेदको अन्त्य र समानान्तर हक र उपयोगिता, अपाङ्गमैत्री बाताबरण निर्माण ,पुरातात्त्विक महत्वका पुराना ऐतिहासिक सम्पदाहरुको खोजतलास तथा संरक्षण, न्यायिक सम्पादन, वैकल्पिक सडकको निर्माण लगायत शिक्षा स्वास्थ्य खानेपानी, रोजगारी, स्थानिय उत्पादन र बजार ब्यबस्थापन लगायत उठाइएका चासो गुनासोहरूलाई नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बुँदागत रुपमा स्पष्ट पारेका थिए । जवाफमा नगरको तर्फबाट कतिपय प्रोजेक्टहरू सम्पन्न भएको, कति हुन बाकी नै रहेको कति पय कार्यहरुको आउँदो नीति तथा कार्यक्रममा समावेश गरि अगाडि बढ्ने प्रतिबद्धता जनाउदै चासो गुनासो र प्रश्न राख्ने सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेका थिए ।

नगरप्रमुख खाणले कोहि कसैसँग सुझाव सल्लाह प्रतिक्रिया भए विभिन्न माध्यमबाट पठाउन, र नगरपालिकामा एउटा सेवा ग्राही भन्दापनि सल्लाहकारको रुपमा आउन आग्रह गर्दै जनताको इच्छा बमोजिम अगाडि बढ्नुका साथै आगामी दिनमा जनताले सोचेको चाहेको र परिकल्पना गरेको देशभरिका नगरपालिका भन्दा फरक पहिचान बोकेको नगरपालिका बनाउन आफू प्रतिबद्ध रहेको समेत बताउदै सबैजनाको साथ सहयोगको अपेक्षा र उपस्थित सम्पुर्णमा दिदै सार्वजनिक सुनुवाई कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रमको संचालन पत्रकार बिनोद परियारले गरेका थिए ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ७ : ३४ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा