४ आश्विन २०८३, आइतबार | September 20, 2026

रुसमा विमान दुर्घटना हुँदा वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु



काठमाडौं । रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ ।

रुसको नागरिक उड्डयन एजेन्सीका अनुसार विमानमा सवार सबैको मृत्यु भएको छ । विमान राजधानीबाट करिब ३०० किलोमिटर उत्तरमा टभर क्षेत्रको कुझेनकिनो गाउँ नजिकै दुर्घटना भएको हो ।

जहाजमा तीन जना चालक दलका सदस्यसहित १० जना सवार थिए । प्रारम्भिक जानकारीका अनुसार जहाजमा सवार सबैको मृत्यु भएको छ,’ रुसको आपत्कालीन अवस्था मन्त्रालयले भनेको छ ।

यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन ।

रुसको संघीय हवाई यातायात एजेन्सी रोसाभिएट्सियाले प्रिगोजिन र वाग्नर समूहका कमाण्डर दिमित्री उटकिनसहित सात यात्रुहरूको नाम प्रकाशन गरेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ७ : ३८ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन