२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

रित्तिदै गाउँ, जीर्ण बन्दै घर



भरतपुर । इच्छाकामना गाउँपालिका-३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन । धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् ।

“घरमा श्रीमान र श्रीमती मात्रै छौँ”, मगरले भने, “कोही छोरा भरतपुर त कोही विदेशमा छन् ।” पहिले १२ घरपरिवार रहेको खानी गाउँमा अहिले पाँच-छ घर मात्रै छन् । केटाकेटी पनि पढ्नका लागि बजार झरिसकेको र गाउँमा बुढापाका मात्रै बाँकी भएको उनको भनाइ छ ।

सोही वडाको कुयलघारीमा अधिकांश घर खाली छन् । यो भूकम्प प्रभावित ठाउँ पनि हो । भूकम्पपछि यहाँबाट बसाइँसराई गर्ने बढेका थिए । यस ठाउँलाई भूकम्पको जोखिमयुक्त ठाउँ घोषणा गरेपछि झन् गाउँ छाड्ने बढेको कुयलघारीका सन्तुलाल विकले बताए ।

मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ । पशुपालन र कृषि कर्म पनि घट्दै गएको छ । खानीगाउँ र कोयलघारीमा एक सय आठ घरधुरी छन् । यहाँ मगर, गुरुङ, चेपाङ र दलित समुदायको बसोबास छ ।

स्थानीय झुमाकुमारीले कोही छोराछोरी पढाउन भन्दै बजार गएको र कोही कमाउन भन्दै विदेश गएपछि गाउँमा चहलपहल कम हुँदै गएको बताइन । खानीगाउँदेखि नारायगणगढ-मुग्लिन राजमार्ग पाँच किलोमिटर दूरीमा पर्दछ । गाउँमा अहिले मोटरबाटो पुगेको छ । विद्युत्, खानेपानीको सबै सुविधा पनि आइसकेको छ । विकास पुगेपछि पशुपालन र खेतीपाती कम हुँदै गएको कुयलघारीका सेतु विकको भनाइ छ । “यहाँका जमिन बाँझै छन् । मानिस सहर पसेँ । गाउँमा भएकाले पनि काम गर्न छाडे”, उनले भने ।

मानिसको बसोबास कम हुँदै गएपछि यहाँका घर जीर्ण बन्दै गएको इच्छाकामना गाउँपालिका कार्यपालिका सदस्य परिमाया कामीले बताइन । युवाहरुले गाउँ छाडेपछि खेती हुन छाडेको छ भने यहाँ उत्पादन हुने फसलले छ महिना पनि नपुग्ने उनको भनाइ छ ।

पहिले जस्तो उत्पादन पनि हुँदैन त्यसैले बजारबाट सामान किन्नुपर्ने बाध्यता छ । यहाँका मानिसहरु बाख्रा बिक्रीबाट कमाएको र विदेशबाट पठाएको पैसाले जीविकोपार्जन भइरहेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

“किसानका लागि गाउँपालिकाले कृषिका कार्यक्रम ल्याएको छ । तर उक्त सुविधा लिने कोही छैनन्”, उनले भने, “गतवर्ष छुट्याइएको बजेट पनि खर्च भएन ।” गाउँपालिकाले ५० प्रतिशत अनुदानमा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको थियो । उनले पालिकाले गाउँमा बाँझै रहेका खेतबारीमा व्यावसायिक कृषिका लागि योजना बनाएर काम गर्ने बताए । यहाँका मानिस भरतपुर, सिमलढाप र गैँडाकोट लगायतका क्षेत्रमा बसाइसराइ गर्ने गरेका छन् । बसाइसराइ गरी जाने अधिकांशले जमिनसमेत बिक्री गरिसकेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  २ : ३८ बजे

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि तीन

सातु र सर्वत बितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया

बुटवल । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया ।

गण्डकी सरकारले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको

स्रोत नखुलेको झन्डै १ करोड रकम सहित रुपन्देहीका समिर र मिलन काठमाडौंमा पक्राउ

काठमाडौं । स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित रुपन्देहीका २

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल