१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

विकासशील मुलुकमा स्तरोन्नतिबारे बुटवलमा छलफल, “औद्योगिक विकासलाई परनिर्भर बनाउने खतरा”



बुटवल । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि आउने चुनौतिहरुका बारेमा प्रर्याप्त मात्रामा तयारी नभएको हुदा त्यसले हाम्रो आत्मनिर्भरता र औद्योगिक विकासको गतिलाई परनिर्भर बनाउने खतरा बढी भएको बताउदै त्यसमा गंभिर बनेर तयारी गर्न उद्योगीहरुले सुझाव दिएका छन् ।

रुपन्देही उद्योग संघको आयोजनामा विहिवार बुटवलमा भएको छलफल कार्यक्रममा उद्योगीहरुले आफुहरु अल्पविकसित मुलुकबाट विकासशील मुलुक बन्न लागेमा खुशी हुने कि दुखि हुने दुविधाको अवस्थामा रहेको बताउदै उद्योग र औद्योगिक विकासको क्षेत्रमा देखिएका समस्याले उत्पादकत्वमा हस आएको एवं त्यसले विकासशील मुलुकको मापदण्ड कागजी मापदण्ड मात्र हुने टिप्पणी गरेका थिए ।

उनीहरुले अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीनवटा सूचक तय गरिएको ति सूचक दिन प्रतिदिन खस्कदो अवस्थामा रहेको तथा उद्योग उत्पादनको क्षेत्र धाराशाही बनेको हुदा पछिका दिन अझ जोखिमपूर्ण रहेको गुनासो गरेका थिए । उद्योगीहरुले अतिकम विकसित देशको स्थानमा कायम रहनुभन्दा स्तरोन्नतिमा जानु हामी सबैको लागि राम्रो हो तर अस्थिर राजनीति, उद्योग मैत्री कानुनको अभाव, चर्को लगानी ऋण र दक्ष जनशक्तिको पलायनले प्रतिस्पर्धी क्षमता भुत्ते भएर दिगो औद्योगीक विकास हुन चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा विषय बस्तु प्रस्तुत गर्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्दराज पाण्डेले न्यून आय भएका र अर्थ–सामाजिक विकास कम भएका देशलाई जनाउने अतिकम विकसित देशको सूचीबाट विकासशील देशको सूचीमा पुग्ने कुरा उद्योगीहरुका लागि खुशीको विषय भएको उल्लेख गर्दै त्यसबाट आउन सक्ने चुनौतिको बारेमा समयमै सचेत हुनु जरुरी भएको बताए ।

उपाध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय मञ्चमा कुनै पनि विकासशील राष्ट्रलाई हेर्ने वजन र प्रतिनिधित्वको अंशपनि बढ्नुका साथै त्यसले विदेशी लगानीलाई आकर्षण गर्न बल पु¥याउने बताए ।

उनले विश्वजगतलाई नेपालको अर्थतन्त्र अग्रगामी छ भनेर राम्रो सन्देश दिन र लगानीकर्ता आकर्षित गर्न पनि अब स्तरोन्नतिमा जानु जरुरी छ तर त्यसभन्दा अगाडी धेरै कानुनहरु परिमार्जन र निमार्णमा राज्यले ध्यानदिनु पर्ने कुरामा जोड दिए ।

पाण्डेले नेपालमा उद्योग क्षेत्रका समस्याहरु धेरै रहेको हुदा स्तरोन्नतिपछि थप संकट आउन सक्ने प्रति उद्योगीहरुले देखाएको चासोलाई उद्योग परिसंघले सरकारलाई अवगत गराएको बताउदै सम्पत्तिको संरक्षणमा थप कानून निर्माण तथा तिनको कडाईका साथ लागू गर्न आग्रह गरेका थिए ।

उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, महासचिव हरि बहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका लुम्बिनी द्योग परिसंघका अध्यक्ष एजाज आलम, उद्योग परिसंघ पूर्व अध्यक्ष डम्बरदेव अर्याल, गणेश प्रसाद अधिकारी, सल्लाहकार भुपाल कुमार श्रेष्ठ, कार्य समिति सदस्य चन्द्रकान्त खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, उद्योगीहरु कन्हैयालाल कसौधन, मुकुन्द ज्ञवाली, रामप्रसाद खनाल लगायतले जिज्ञाशा र धारणा रखेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ७ : २७ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा