३० बैशाख २०८१, आइतबार | May 12, 2024

उत्तर कोरियाको जासुसी भू-उपग्रह प्रक्षेपण प्रयास असफल



सियोल । उत्तर कोरियाले जासुसी भू–उपग्रहलाई बिहीबार अन्तरिक्षको कक्षमा स्थापित गर्ने आफ्नो दोस्रो प्रयास पनि असफल भएको जनाएको छ । पहिलो जासुसी भू–उपग्रह प्रक्षेपणको केही समयपछि समुद्रमा खसेको तीन महिनापछि उत्तर कोरियाले यो दोस्रो प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनले आकाशमा सैन्य पहुँच विकासलाई उच्च प्राथमिकता दिएका छन् भने आणविक शक्ति सम्पन्न आफ्नो देशले यो अमेरिकी सेनाको बढ्दो क्षेत्रीय गतिविधिको लागि आवश्यक सन्तुलन भएको दाबी गरेका छन् ।

‘नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेसन (नाडा)’ ले बिहीबार ‘टोही उपग्रह मालिगयोङ-१’ को दोस्रो प्रक्षेपण गरेको कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले जनाएको छ ।

तेस्रो चरणको उडानका क्रममा इमर्जेन्सी ब्लास्टिङ सिस्टममा आएको त्रुटिका कारण प्रक्षेपण असफल भएको नाडाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘यो समस्या ठूलो विषय होइन र अक्टोबरमा अर्को प्रक्षेपणको प्रयास गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियाली सेनाले स्थानीय समयअनुसार बुधबार बिहान ३:५० बजे उक्त अन्तरिक्ष रकेट प्रक्षेपण भएको थाहा पाएको र यो ‘एलो सी’ माथि उडेको बताएको छ । भग्नावशेषको खोजी र पुनःप्राप्ति अभियान सुरु गरिएको जनाइएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले बिहीबारको प्रक्षेपण र उत्तर कोरियाले गत मे महिनामा गरेको प्रयासको निन्दा गर्दै प्योङयाङले ‘आफ्ना जनतालाई भोकमरी र मृत्युको मुखमा पु्र्‍याइरहेको आर्थिक अवस्थाका लागि तल्लो अधिकारीहरूलाई दोष दिँदै लापरबाहीपूर्ण उक्साहटमा दुर्लभ स्रोत-साधनको दुरुपयोग गरिरहेको’ बताएको छ ।

उत्तर कोरियाले जापानको तटरक्षक बललाई अगस्ट २४ देखि ३१ को बीचमा भू-उपग्रह प्रक्षेपण गरिने जानकारी दिएको थियो, जसका कारण टोकियोले जहाजहरू र पीएसी-३ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली परिचालन गर्न निर्देशन गरेको थियो ।

जापान सरकारले सुरुमा यो प्रक्षेपणलाई ‘अत्यन्त समस्याग्रस्त’ भनेको थियो र दक्षिणी ओकिनावा क्षेत्रका बासिन्दाहरूलाई यसबाट सुरक्षित रहन संक्षिप्त चेतावनी जारी गरेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ०५ बजे

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक