९ कार्तिक २०८३, सोमबार | October 27, 2026

अभिनेता सारुक ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत सार्वजनिक



काठमाडौं । दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) आज यहाँ सार्वजनिक गरिएको छ ।

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारको अन्तिम इच्छा नै चलचित्र रिलिज गर्नु रहेको बताए । उनले भने, “हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, उहाँको अन्तिम कामलाई साङ्गीतिक श्रव्यदृश्यकै माध्यमले भए पनि बाहिर ल्याएका छौँ ।” गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले जानकारी दिए ।

“हामीले बर्दियामा अभिनेता ताम्राकारको दृश्यलाई खिचेका थियौँ । काठमाडौंको सेड्युलमा उहाँको अलि पछाडि थियो । त्यही क्रममा दुःखद घटना घट्यो”, निर्देशक गुरुङले भने, “यो हाम्रो निर्माण समूहको तर्फबाट अभिनेता ताम्राकारलाई श्रद्धाञ्जलि हो । उहाँको काम सबैले हेर्न पाउनुहोस् भन्ने लगेर सार्वजनिक गरेका हौँ ।”

कार्यक्रममा अभिनेता ताम्राकारकी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठलगायत उपस्थित थिए । आमा ताम्राकारले आफ्नो छोराको अन्तिम कामलाई दर्शकसम्म प¥ुयाउनु हुने निर्माण समूहलाई धन्यवाद दिइन । उनले भनिन, “उसले यो चलचित्रको लागि निकै समय खर्चिएको थियो । यसमा आफ्नो पात्रलाई लिएर उ निकै मेहनती थियो । यसलाई ठूलो पर्दामा हेर्ने रहर हुँदै गर्दा पनि आज यहाँ हेर्नु प¥यो ।”

उनले आफ्ना पति सानु ताम्राकार यही वियोगका कारण बिरामी भएर अस्पतालमा रहेको जानकारी दिँदै छोरा ताम्राकारको अनुसन्धानमा खटिएका प्रहरीलाई सत्यतथ्य छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरिन ।

कलाकार सङ्घका अध्यक्ष निरौलाले पनि ‘सारुकले न्याय पाउनुपर्छ’ भन्दै आफ्नो मन्तव्यको सुरुआत गरे । “हामी कसैलाई दोष दिन चाहदैनौँ तर कलाकारसँग जोडिएको र बाहिर विभिन्न किसिमका अड्कलबाजीका खबरहरू आइरहेका छन् । त्यसैले गर्दा यस प्रकरणमा छिट्टै सत्यतथ्य बाहिर आउनुपर्छ भन्ने हाम्रो भनाइ छ”, अध्यक्ष निरौलाले भने ।

अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टि श्रेष्ठले पुराना सम्झनालाई स्मरण गरिन । “उसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समूहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग बिदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के-कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माग छ । हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ”, अभिनेत्री श्रेष्ठले भनिन ।

चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लण्डनमा’ लगायतका चलचित्रमा अभिनय गरिसकेका थिए । अभिनेता ताम्राकारले गत असार २१ गते रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए ।

 

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ७ : ४४ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता