१३ माघ २०८१, आइतबार | January 26, 2025

धरानमा निषेधाज्ञा जारी, आज राती १२ बजेसम्म रहने



विराटनगर । धरान नगरपालिका भित्र निषेधाज्ञा जारी राखिएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरे पछि आज निषेधाज्ञा सुरु भएको हो । हिजो शुक्रवार जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजका लागि निषेधाज्ञा जारी गर्न भन्दै सुचना जारी गरे पछि गए राती देखी धरानमा निषेधाज्ञा सुरु भएको हो ।

‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सङ्क्रामक रोग ऐन २०२० को दफा ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०/०५/०८ गते राति १२ बजेदेखि मिति २०८०/०५/०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न-नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ ।

जसअनुसार धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ नं बाट बराहक्षेत्र नपा वडा नं ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं २० तरहरा पानी पियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी छ ।

आज हिन्दु समुदाय र हिन्दु इत्तर समुदाय दुबैले सो क्षेत्रमा प्रदर्शन गर्ने भए पछि सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको हो । केही दिन अघि एक समुहले गोरु काटेर खाए पछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ ।

तर, जिल्ला प्रशासन कार्यालयले सुनसरी जिल्लाका १२ स्थानीय तहहरूमा डेंगु रोगको सङ्क्रमण व्यापकरुपमा फैलिई १६ हजार जना भन्दा बढी व्यक्तिहरू सङ्क्रमित भएका १२ जनाको मृत्युसमेत भइसकेको स्मरण गराएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ७ : १९ बजे

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत

रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश

भैरहवा । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको तेस्रो मुद्दामा

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने

काठमाडौँ । नेपाली सेनाले सेना दिवसका अवसरमा यही माघ १५

रेजा लगाउने मसीको बहानामा अखिल क्रान्तिकारीको मतगणना स्थगित

काठमाडौं । अखिल क्रान्तिकारीको मत गणनामा अनिश्वित कालका स्थगित भएको